राम गोपाल वर्माको फिल्ममा एडल्ट स्टार मिया माल्कोवा, टिजर रिलिज


सेलिब्रेटी नेपाल

एजेन्सी:राम गोपाल वर्मा लकडाउनका बीच आफ्नो पछिल्लो प्रोजेक्टका लागि चर्चामा छन् । फिल्मको नाम क्लाइमेक्स हो र यसमा अमेरिकी एडल्ट स्टार मिया माल्कोवाको अभिनय रहेको छ । हालै यो फिल्मको टिजर रिलिज भएको छ । रामगोपाल वर्माले फिल्मको टिजर सेयर गर्दै लेखेका छन्, ‘मरुभूमीमा गर्मी थियो, मिया माल्कोवाले यसमा थप गर्मी पैदा गरिदिइन् तर हामीले यो थ्रीलर फिल्ममा उनको एक्सन राखेर यसलाई चिस्याएका छौं ।’


राम गोपाल पहिले पनि गरिसकेका छन् मियासँग कामः

स्मरण रहोस्, यसअघि पनि मिया माल्कोवा चर्चामा आएकी छिन् । वास्तवमा उनले सन् २०१८ मा पनि रामगोपाल वर्मासँग काम गरेकी थिइन् । ‘गड, सेक्स एन्ड ट्रूथ’ नामको यो डकुमेन्ट्रीलाई राम गोपाल वर्माले नै छायांकन गरेका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.