(सेलिब्रेटी नेपाल) ३० चैत्र -चलचित्र बन्छन्, सार्वजनिक हुन्छन् र फ्लप हुन्छन्। वर्ष ०६९ भरि चलचित्रहरू आइरहे। चलचित्रको चमक-दमकले तानिएका नव निर्माताहरूले लाखौं रुपैयाँ डुबाए। पुराना स्थापितमा केही सदाका लागि पलायन भएभने केहीलाई कलिउडको नसाले तानिरह्यो। चलचित्र बनिरह्यो र हरेक साता चारवटासम्म नेपाली चलचित्र सार्वजनिक भैरहे। वर्ष ०६९मा बजार अनुरुप तोकिएको नेपाली चलचित्रको अनुमानित लगानीभन्दा बढी खर्च गरेर नाफा कमाउन नसकेका केही चलचित्रमा ‘मायाज बार’, ‘फेसबुक’, ‘भिसा गर्ल’, ‘धूवाँ यो नशा’, ‘आइएम इन लभ’, ‘भेटी’, ‘थ्री लभर्स’, ‘कलिउड’, ‘रंग’, ‘छड्के’, ‘नाइन ओ क्लक’ ‘भिजिलान्ते’ आदि छन्। चलचित्र फ्लप हुँदा पनि ‘मेरो गोरुको बाह्रै टक्का’को रट लगाएर आफू डुबेको बताउन हिचकिचाउने निर्माताहरू पनि पाइए। चलचित्र विकास बोर्डले बक्स अफिसको अवधारणालाई यो वर्ष पनि कार्यान्वयन गर्न नसक्दा चलचित्रको लगानी एवं व्यवसाय पारदर्शी हुन सकेन। तैपनि प्रदर्शनपूर्वको चर्चा र लगानीका दृष्टिकोणबाट कलेक्सन गर्लान् भनेर आषा गरिएका यी चलचित्रले सिधै निराश पारे – ‘हाइ वे’, ‘फेसबुक’, ‘बडीगार्ड’, ‘भिसा गर्ल’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘सो सिम्पल’, ‘धुवाँ यो नशा’, ‘थ्री लभर्स’, ‘धन्दा’, ‘सुनगाभा’, ‘कलिउड’, ‘पद्मिनी’, ‘रंग’, ‘समय’, ‘नाइन ओ क्लक’, ‘भिजिलान्ते’ आदि।
सम्बधित पोस्टहरु
आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने
काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन...
चलचित्र ‘रोज’ को गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भ्यूज पायो
काठमाडौं । प्रदीप खड्का र मिरुना मगरको प्रमुख भूमिका रहेको चलचित्र ‘रोज’ को चर्चित गीत ‘फूल होइन काँडा’ ले युट्युबमा १० करोड भन्दा बढी भ्यूज पाउन सफल भएको छ । सात वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो...
‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर सार्वजनिक, भारत–ओभरसिज बजारलाई टार्गेट
काठमाडौँ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सन टिजर सार्वजनिक गरिएको छ। नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण भएकाले हिन्दी दर्शकमाझ उत्सुकता बढाउन निर्माण पक्षले टिजर रिलिज गरेको हो।...
चलचित्र ‘लोकन्ती’ को पहिलो गीत ‘चाहना मनका कति–कति’ सार्वजनिक
काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को पहिलो गीत सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल...
लन्डनबाट सुरु भयो सलोन बस्नेत अभिनित फिल्म ‘बिक्रम’ को छायांकन
काठमाडौं । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायांकन लन्डनबाट सुरु भएको छ । फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत नेपालमा गरिने निर्माण टिमले जनाएको छ । फिल्म महारानी...
‘परान’ले अष्ट्रेलियामा चार दिनमै कमायो ६२ हजार डलर, बक्स अफिसको छैंठौं स्थानमा पर्न सफल
काठमाडौँ । यसवर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा राम्रो ब्यापारको सुरुवात गरेको छ । वितरक...



