२८ एफएम र नौ वटा टिभीको लाइसेन्स खारेज



(सेलिब्रेटी नेपाल) चैत्र १५- सूचना तथा सञ्चार मन्त्रालयले २८ एफएम र नौ वटा टिभीको सञ्जालन इजाजत खारेज गरेको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ९ बमोजिम लाइसेन्स लिएर डेढ बर्ष ‘होल्ड’ गरेको रेडियो र टेलिभिजनको लाइसेन्स खारेज गरिएको हो ।लाइसेन्स लिएर एब बर्षसम्म कुनै काम नगरेका कम्पनी स्वतः खारेज हुने र एक बर्षमा पूवाधार खडा गरेको प्रमाणसहित पेस गरे ६ महिना समय थप गर्न सकिने प्रावधान रहेको कारोबार दैनिकमा खबर छ । ‘यति समयसम्म पनि सञ्चालनमा नआए स्वतः खारेज हुन्छन्,’ मन्त्रालयको श्रव्य दृश्य र प्रसारण शाखाकी उपसचिव शैलजा रेग्मी भट्टराईले भनिन् ‘फागुनमै खारेजीको निर्णय भए पनि अहिले पूर्ण रुपमा कार्यान्वयन गरिएको हो ।’

खारेज भएका टेलिभिजन ०६६ मंसिरदेखि ०६८ साउनसम्म लाइसेन्स लिएका छन् भने एफएम रेडियोहरु अधिकांश उपत्यका बाहिरका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.