रंगशालामा हुने भनिएको राखी सावन्तको कार्यक्रम स्थगित


(सेलिब्रेटी नेपाल) चैत्र १५-यहि चैत्र १७ गते रंगशालामा हुने भनिएको “बलिउड म्युजिक एण्ड मस्ती” कार्यक्रम सथागित भएको छ। रंगशालामा भईरहेको सहिद स्मारक ‘ए  डिभिजन सुपर लिग’ फुटबलका कारण सो कार्यक्रम स्थगित भएको बताईयको छ । विपनाज मिडियाले गर्ने भनिएको सो कार्यक्रममा भारतीय अभिनेत्री राखी सावन्त लगाएत कमेडी जोडी कृष्ण अभिसेख र सुदेश लेहरी पनि सामेल हुने बताइएको थियो। नेपाल को तर्फ बाट जितु नेपालको प्रस्तुति रहने योजना थियो।  आठ हजार टिकट बिक्रि भैसकेको सो कार्यक्रम अब बैसाख एक गते हुने आयोजकले बताएको छ। आयोजक भारत कुमार ले भने – “उक्त मितिमा राखी बाहेक अन्य कलाकारहरु आउन राजी भएका छन्।”
केहि दिन अघि मात्र हुने भनियको डिप पर्पलको कन्सर्ट पनि सारियको थियो । नेपालमा हुने भनियका कार्यक्रम भनियको मितिमा नहुनु एउटा बिशेषता जस्तै भई सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.