(सेलिब्रेटी नेपाल) ४ चैत्र-मिस नेपाल २०१३ को १८औ संस्करणमा १८ युवती प्रतिष्पर्धामा छन् । डेढ महिनादेखी ब्यक्तित्व विकास लगायतमा प्रशिक्षण लिएका यी सुन्दरीहरुमा राजधानीका ५ र मोफसलका १३ जना छन् ।७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा झपाकी अस्मिता सिटौला र रिजु श्रेष्ठदेखी महेन्द्रनगरकी रचना भारतीसम्म सहभागी छन् । त्यस्तै, मेघना श्रेष्ठ (धरान), ऐश्वर्या उपाध्याय (इटहरी), रेनु पोखरेल (बिराटनगर), रोजिशा शाही ठकुरी (सिन्धुली), सुजाता बलामी (मकवानपुर), सुमी लामा (काभ्रे), सिपोरा गुरुङ र रक्षा थापा (पोखरा), बिन्दु केशी क्षेत्री (स्याङ्जा), माया सावद (धनगढी) यो स्पर्धामा छन् ।त्यस्तै समिक्षा श्रेष्ठ, सृतिमा शाह, इशानी श्रेष्ठ, ओसीमा बानु, प्रतिमा गिरीले राजधानीको प्रतिनिधित्व गरेकाछन् । यि सुन्दरीमध्ये सिपोरा राष्ट्रिय भलिवल खेलाडी हुन भने सुमी लामा मिस तामाङ २०१२ की विजेता । हिडन ट्रेजरको आयोजना र फेण्टाको मुख्य प्रायोजन रहेको यस पटकको प्रतियोगिताको प्रशिक्षकमा रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकार छन् ।
सम्बधित पोस्टहरु
‘फेस अफ नेपाल २०२४’ हुने
काठमाडौँ । मोडल हन्ट ‘फेस अफ नेपाल’ यस बर्षपनि आयोजना हुने भएको छ । प्रतियोगीतामा पुरुष र महिला सहभागी हुन सक्नेछन् । आइतबार काठमाडौंको शंकर होटलमा आयोजीत कार्यक्रममा ‘फेस अफ नेपाल २०२४’ को आवेदन खुल्ला गरिएको जानकारी गराइयो ।...
‘खजुरे ब्रो’को ट्रेलर ,सहकारीको ठगी देखि मायाप्रेम सम्म
काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। गीत र टिजर सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्मका निर्माण...
वेस्ट इण्डिजलाई हराएपछि ‘मनसरा’ले गुल्सन झालाई दियो ‘सट अफ द डे’
‘मनसरा’ले सिनेमा प्रचारका लागि फरकफरक शैली अपनाइरहेको छ। कवि हुँदै सिनेमा लेखन अनि त्यसपछि सिनेमा निर्देशनमा होमिएका उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय सिनेमाले आफ्नो राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई...
साता दिन सर्यो दयाको ‘गाउँ आएको बाटो’, जेठ २५ मा रिलिज हुने
‘गाउँ आएको बाटो’ सिनेमा आफ्नो पूर्व निर्धारित रिलिज मिति परिवर्तन गरेको छ। यसअघि अब जेठ १८ मा रिलिज हुने घोषणा गरिएको नविन सुबबा निर्देशित सिनेमामा अब जेठ २५ गते रिलिज हुने भएको छ। सिनेमाको रिलिज मिति हेरफेर भएको जानकारी काठमाडौं...
‘बोक्सीको घर’को ब्यापारले उत्साहित केकी
काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । सिनेमाका प्रचार सामाग्री बुधबार गरिएको सिनेमाको प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रिया पाएपछि सिनेमाले शुक्रबारबाट आक्रामक...
सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन
काठमाडौं । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ। शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न...