(सेलिब्रेटी नेपाल) ४ चैत्र-मिस नेपाल २०१३ को १८औ संस्करणमा १८ युवती प्रतिष्पर्धामा छन् । डेढ महिनादेखी ब्यक्तित्व विकास लगायतमा प्रशिक्षण लिएका यी सुन्दरीहरुमा राजधानीका ५ र मोफसलका १३ जना छन् ।७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा झपाकी अस्मिता सिटौला र रिजु श्रेष्ठदेखी महेन्द्रनगरकी रचना भारतीसम्म सहभागी छन् । त्यस्तै, मेघना श्रेष्ठ (धरान), ऐश्वर्या उपाध्याय (इटहरी), रेनु पोखरेल (बिराटनगर), रोजिशा शाही ठकुरी (सिन्धुली), सुजाता बलामी (मकवानपुर), सुमी लामा (काभ्रे), सिपोरा गुरुङ र रक्षा थापा (पोखरा), बिन्दु केशी क्षेत्री (स्याङ्जा), माया सावद (धनगढी) यो स्पर्धामा छन् ।त्यस्तै समिक्षा श्रेष्ठ, सृतिमा शाह, इशानी श्रेष्ठ, ओसीमा बानु, प्रतिमा गिरीले राजधानीको प्रतिनिधित्व गरेकाछन् । यि सुन्दरीमध्ये सिपोरा राष्ट्रिय भलिवल खेलाडी हुन भने सुमी लामा मिस तामाङ २०१२ की विजेता । हिडन ट्रेजरको आयोजना र फेण्टाको मुख्य प्रायोजन रहेको यस पटकको प्रतियोगिताको प्रशिक्षकमा रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकार छन् ।
सम्बधित पोस्टहरु
चलचित्र ‘राम नाम सत्य’ को एक्सन–प्रधान टिजर सार्वजनिक
काठमाडौँ। प्रतिक्षित नेपाली चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को एक्सन–प्रधान टिजर सार्वजनिक गरिएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलको मिश्रणले भरिएको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता झन् बढाएको छ। टिजरमा अभिनेता...
नवौँ संस्करणको ‘निम अवार्ड’ को लागी आवेदन आव्हान
काठमाडौं। पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)–२०२६’ को आवेदन आव्हान गरिएको छ । राष्ट्रिय...
निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न
काठमाडौं। वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ। निर्माण टिमका अनुसार फागुन १ गतेबाट सुरु गरिएको चलचित्रको सम्पूर्ण छायांकन मंगलबार सकिएको हो। लाइन प्रोड्युसर...
चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज
काठमाडौँ। चलचित्र ‘एक भगवत एक गीता’ यु ट्युवमा रिलिज भएको छ। झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ । चलचित्र ओएसार...
बदलाको कथामा बन्ने चलचित्र ‘मुक्तिपुर’ शुभ मुहूर्त
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मुक्तिपुर’ शुभ मुहूर्त गरिएको छ । काठमाडौंको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन समेत थालनी गरिएको छ । मंगलबार गणेश...
कान्स फिल्म फेस्टिभलमा नेपाल : ७९औँ संस्करणमा औपचारिक सहभागिता
काठमाडौँ। विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच बढाउने...


