‘गीत गजल’ को फर्स्टलुक सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘गीत गजल’ को फर्स्टलुक सार्बजनिक गरिएको छ । फर्स्ट लुक संगै चलचित्रको प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ। प्रेम कथामा बनेको चलचित्र असोज २४ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ। नितिन चन्दले निर्देशन गरेको चलचित्र ‘गीत गजल’ मार्फत नेपाली चलचित्र क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् ।

चलचित्रमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रको कथा,पटकथा तथा संवाद अस्मीत पोखरेलको रहेको छ । मुख्य सहायक निर्देशक सुदीप कुँवर रहेको चलचित्रको छायांकन बाबु श्रेष्ठको रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.