‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता’ सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको आयोजनामा असार २२ गते देखी ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता’ सुरु भएको छ । २५ गते सम्म चल्ने राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा सुभारम्भ भयो भने प्रमुख अतिथीको रुपमा बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए ।

कार्यक्रममा अतिथीको रुपमा कृष्ण सुधा ढुंगाना, बद्री पंगेनी, पृथ्बी थकाली, सुवास केसी, बद्री पराजुली, शिब हमाल, दिपक खड्का, मिना बज्राचार्य, पम्फा सापकोटा, मिना खड्का, शिबहरी कार्की, कमल गाउँले, उमा श्रेष्ठ, डिपी लोप्चन लगायत थुप्रै कलाकारहरु रहेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीका अध्यक्ष बद्री पंगेनीले स्वागत मन्तब्य राखेका थिए । प्रतियोगितामा २८ वटा समुहले भाग लिएका छन् । प्रतियोगीतामा प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छनु् भने सो कार्यक्रमको संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.