(सेलिब्रेटी नेपाल) ३ चैत्र – कुबेतस्थित नेपाली दूतावासले नेपाली कलाकारको भिसा प्रक्रियामा कडाई गर्ने भएको छ । गृह र संस्कृति मन्त्रालयको सहमति र परराष्ट्रको सिफारिसबिना दूताबासले भिसाका लागि सहयोग नगर्ने भएको हो ।कुबेतमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा मदिार पिएर नेपाली-नेपालीबीच नै ‘ग्याङवार’ हुन थालेपछि कलाकारकै भिसा प्रक्रिया कडाई गर्ने दूतावासले निर्णय गरेको खबर छ । ‘रक्सी नखानुहोस्, हुलहुज्जत नगर्नोस भनेर बारम्बार भन्दै आएका थियौं,’ कुबेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, ‘गत साता नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा यस्तो डरलाग्दो ग्याङफाइट भयो, जसले गर्दा अब आउने कलाकारलाई भिसा प्रक्रियामा सिधै सहयोग नगर्ने निणर्य दूतावासले गरेको छ । सांस्कृतिक कार्यक्रममा रक्सी सेवन गरी दर्शकबीच नै झगडा हुँदा त्यहाँ कार्यरत र नेपालबाट आउने नयाँ कामदारलाई अप्ठेरो पर्ने देखिएको दूतावासले जनाएको छ ।
सम्बधित पोस्टहरु
अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर
अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ
‘पाँच पाण्डव’मा दीपाश्री निरौलाको दमदार अवतार, देखिँदैछिन् जुझारु नारीका रूपमा
चलचित्रमा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ हो ।
प्रेम कथानक चलचित्र ‘जलाकी’ को ट्रेलर सार्वजनिक
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो
‘चिरञ्जीवी भवः’ को पोस्टरमा हरिवंश, आशीर्वाद र प्रशंसा
सेलिब्रेटी नेपाल । ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले शनिबार पहिलो झलक स्वरूप दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा सिनेमाका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् ।...
‘पाँच पाण्डव’को गीतमा हरिवंशदेखि इभासम्म
सेलिब्रेटी नेपाल । चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ । सशी शर्मा मजगैैँयाको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतले...
ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’ को छायांकन सम्पन्न
सेलिब्रेटी नेपाल। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङको परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन पोखराको ब्यानरमा निर्माण भइरहेको...




