नेपालमा नहुने भयो आइफा अवार्ड


सेलिब्रेटी नेपाल

काठमाडौँ: चौतर्फी बिरोधपछि अन्तत: नेपालमा आइफा अवार्ड नहुने भएको छ। काठमाण्डौमा हुने भनिएको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा अवार्ड ) तत्काललाई नहुने भएको हो । कार्यक्रमको लागि करिब १ अर्ब लागत लाग्ने अनुमान गरिएको थियो । संसदको अन्तररास्ट्रिय सम्बन्ध समितिको निर्देशन र जनभावनाको कदर गर्दै अवार्ड समारोहका लागि सुरू भएका सबै तयारी हाललाई रोकिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले जानकारी दिए ।

असार ८ गते मन्त्रिपरिषद बैठकले अगस्टमा हुने भनिएको आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो। यो निर्णय सार्बजनिक भएसंगै सत्तारुढ दलहरुबाट चर्को आलोचना भएको थियो । भिम रावल,अग्नि सापकोटा , माधव कुमार नेपाल लगायतक नेकपाकै नेताहरुबाट कार्यक्रमको सार्बजनिक रुपमै बिरोध गरेका थिए। उक्त अवार्ड कार्यक्रमको जन स्तरबाट पनि व्यापक बिरोध भएको थियो। जनताबाट असुलिएको करबाट कार्यक्रम आयोजना गर्ने भएपछि चारैतिरबाट बिरोध भएको हो। बुधवार सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रि केपी शर्मा ओली लाइ यो निर्णय बाट पछि हट्न सुझाब दिएका थिए। लगतै प्रधानमात्री ओलीले निर्णय फिर्ता लिएका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.