एसइई पास भएपछि उत्साहित करिष्मा ! बधाईको ओइरो


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने रे नि ! बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि करिष्मा मिश्रित मनोभावका साथ आफ्नो नतिजा हेर्न पुगिन्। नतिजा अपेक्षित थियो। अर्थात् बी प्लस। पढ्ने उमेरमा करियर बनाउनतर्फ लागेपछि औपचारिक शिक्षा बीचमै रोकिएकी करिष्मालाई यो नतिजाले उत्साहित बनाएको छ।

करिष्माले नतिजापछि सेलिब्रेटी नेपाल सँग कुराकानी गर्दै उत्साह प्रकट गरिन्। उनले भनिन्, ‘निकै खुशी छु । बधाइका फोन निरन्तर आइरहेका छन्।’ कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा पढेकी हुन् करिष्माले। एसइई परीक्षा पनि सोही स्कुलबाट दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.