टोखाको घटनामा अब टेलिफिल्म ‘खबरदार नेपाल’ बन्दै


सेलिब्रेटी नेपाल

काठमाडौं: इन्टरनेसल फिल्म स्कुलको ब्यानरमा जनक राम न्यौपानेको प्रस्तुती रहेको टेलिफिल्म खबरदार नेपाल बन्ने भएको छ । राजधानिको जोरपाटिमा अवस्थित स्कुलको आफ्नै कार्यलयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी टेलिफिल्म बारे जानकारी गराइएको हो ।

देशमा घटिरहेका अपराधजन्य कृयाकलाप न्युनिकरण गर्नको लागि सत्य घटनामा आधारित टेलिफिल्म निर्माण गर्न लागिएको प्रस्तुतकर्ता न्यौपानेले जानकारी दिए ।

महानगरिय प्रहरी प्रभागको समन्वयमा बन्न लागेको टेलिफिल्मले सत्य घटनालाई मात्र प्रस्तुत गर्नेछ । टेलिफिल्मको पहिलो भागमा २०७५ साल पौष मा टोखामा घटेको घटनालाई मुख्य बिषय बस्तु बनाइएको छ । घटना कसरी घट्यो र कसरी प्रहरिले दोशिलाई कानुनी कठघरामा उभ्यायो भन्नेकुराको जानकारी प्रहरी प्रशासनले दिने न्यौपानेको भनाइ छ ।

कार्यक्रममा टेलिफिल्म सँग सम्बन्धित सम्पूर्ण टिमलाई सम्झौता पत्रमा हस्ताक्षर गरी टिममा आबद्द गर्दै सबै टिमको परिचय गराइएको थियो । कार्यक्रमको सन्चालन सोही टेलिफिल्मका गीतकार तथा कलाकार डम्बर बिकेलले गरेका थिए । टेलिफिल्मको शिर्ष गीतमा एकराज राइको संगीत रहने छ । कार्यक्रममा उपस्थित सबै अतिथीहरुले टेलिफिल्मको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

शिबम अधिकारिको लेखन रहेको टेलिचलचित्रलाई बिगत लामो समय देखी फिल्म टेलिफिल्म निर्देशन गर्दै आएका निर्देशक रेसराज आचार्यले निर्देशन गर्दै छन । देशमा दैनिक जसो बिभिन्न अपराधहरु घटिरहेकोले त्यसलाई न्युनिकरण गर्न तथा समाजलाई सचेत गराउनको लागि आफुहरुले यस्तो बिषय उठान गरेको निर्देशकले बताए ।

महान न्यौपाने र महिमा न्यौपाने निर्माता तथा सञ्जय पौडेल बिशेष सहयोगी रहेको टेलिफिल्ममा सरिता राजोपाध्यय, रोमा बिष्ट, अनिल तमाङ, शान्ती राइ, सञ्जय पौडेल, निशा पराजुली, बलदेव रिजाल, बिरेन्द्र अधिकारि, संगिता मगर, बाबुराम सेन्चुरी, अर्जुन तमाङ, रुद्र श्रेष्ठ, सविना अधिकारि, उमा खड्का, कृष्ण धामी, गायत्री घिमिरे, बबिता केशी, अस्मिता खड्का, मिना पाख्रिन लगाएतका नयाँ पुराना कलाकारहरुको अभिनय रहेको रहने छ ।

टेलिफिल्मको आगामी शनिबार देखी छायांकन सुरु हुनेछ । छिट्टै नै टेलिभिजन बाट प्रसारण गरिने टेलिफिल्मको महाराजगन्ज प्रहरी कार्यालय र जोरपाटी नारायणटारमा छायांकन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.