नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लिओनीको ठुम्का


सेलिब्रेटी नेपाल

काठमाडौँ: बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली चलचित्र ‘पासवर्ड’को गीत सार्वजनिक गरिएको छ । राजधानीमामा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश ‘आजको साम’ बोलको गीत भिडियो सार्बजनिक गरिएको हो

चलचित्र ‘पासवर्ड’ मा समावेश गीतमा सन्नीसँग कलाकार विक्रम जोशीले पनि ठुम्का लगाएका छन् भने, गीतमा अनुपबिक्रम शाही पनि फिचर्ड छन् । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा दुर्गा खरेलको स्वर छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी गरेका छन् ।

सिमा गुरुङको कथामा निर्मित चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।

एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्र भदौ २७ बाट सार्बजनिक प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.