शिवाजी डान्स सेन्टरको ‘साँस्कृतिक धमाका २०७६’ सम्पन्न (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाली कला र संस्कृतिको सम्रक्षण गरौँ भन्ने नारा सहित शिवाजी डान्स सेन्टरले ‘साँस्कृतिक धमाका २०७६’ सम्पन्न गरेको छ । कार्यक्रम बुधबार रास्ट्रिय नाचघर जमलमा सम्पन भएको हो । कार्यक्रममा शिवाजी डान्स सेन्टरका नृत्यका बिद्यार्थी तथा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

अभिनेता रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक कमल खत्री,गायिका टिका प्रसाईं लोक गायक बैकुण्ठ महतले आफ्ना चर्चित गीतहरु गायर दर्शकलाइ मनोरंजन प्रदान गरेका थिए।

कार्यक्रममा डान्सर रोमाले आफ्नो नृत्यले दर्शकलाइ मनोरंजन दिईन साथै शिवाजी डान्स सेन्टरका संचालक शिवाजी क्षेत्रिले आफ्नो प्रस्तुति राखेका थिए ।कार्यक्रम शिवाजी डान्स सेन्टरकि संचालिका तथा कलाकार अनुष्का शर्माको सभापतित्वमा सम्पन्न भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.