(सेलेब्रेटी नेपाल) २९ फागुन-मुम्बईमा बस्दै आएका सिद्धार्थ कोइराला परिवारसहित अहिले काठमाडौँमा रहेका छन् ।उनि चलचित्र ‘मेघा’ मा नायक बन्न कै लागि ‘काठमाडौँ आयका हुन् । सिद्धार्थ अभिनेत्री मनिषा कोइरालाका भाइ हुन्।समस्त इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘मेघा’ को निर्देशन सम्झना रौनियारले गरिरहेकी छन् । ‘मेघा’ म्युजिकल लभस्टोरीमा आधारित चलचित्र भनिएको छ ।यस चलचित्रमा सिद्धार्थका अलावा नम्रता श्रेष्ठ, रेमनदास श्रेष्ठ र भिन्तुना जोशीको पनि मुख्य अभिनय रहने छ । अभिनेत्री मनिषा चलचित्र फेरी भेटौंलामा अभिनय गरेर बलिवुड छिरेकी थिइन् उनि बलिवुडमा सफल भईन । उनले नेपाल फर्केर चलचित्र धर्मामा अभिनय गरिन उक्त चलचित्र सफल भयन अब उनका भाई सिदार्थ सफल हुने हुन् कि होइनन त्यो त मेघाको रिलिज पछि नै थाहा हुनेछ ।
सम्बधित पोस्टहरु
‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक
काठमाडौँ। एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।...
‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम
चलचित्रबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन
८औँ स्थापना दिवसमा कलाकार संघको सामाजिक अभियान, ८६ जनाले गरे रक्तदान
अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारको संरक्षणसँगै समाजप्रतिको दायित्वलाई पनि संघले उत्तिकै प्राथमिकता दिँदै आएको बताए।
सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने
‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...



