८१ वर्षीय नेपाली गायक प्रधानको बेलायतमा सक्रियता


सेलिब्रेटी नेपाल

लन्डन: सामान्यतया ८० बर्ष काटेका मानिसहरुमा बुढ्यौलीले धेरै समस्या देखिन्छन् । तर ८१ वर्षीय वरिष्ठ गायक प्रेमध्वज प्रधान केही दिन यता बेलायतको राजधानी लन्डनमा सक्रियतापूर्बक विभिन्न कार्यक्रमहरुमा सहभागी हुने मात्र होइन मज्जाले आफ्ना कालजयी गीत सुनाएर उपस्थित दर्शक श्रोता हरुलाई मन्त्रमुग्ध तुल्याइरहेका छन् ।

लण्डनको हिथ्रो विमानस्थल उत्रनेबित्तिकै उपस्थित संचारकर्मी संगको प्रत्यक्ष्य कुराकानीका क्रममा नै उनको कालजयी गीत ” घुम्तीमा नआउ है , आखा तिमि जुधाउन , आखा तिमि जुधाउन , बाधिए माया फेरी गार्हो हुञ्छ फुकाउन, फुकाउन” को केहि अंश गाएर बेलायतबासी नेपालीहरुलाई आफ्नो बेलायत यात्राको बारेमा जानकारी दिएका थिए ।

नेपाली गीत संगीतका एक मुर्धन्य व्यक्तित्व बरिष्ठ गायक प्रधानले गरेको योगदानको कदर गर्दै ‘बसुन्धरा श्री पुरस्कार–२०७५’ बाट लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहमा सम्मान गरिएको छ । बेलायतका लागि नेपाली राजदूत तथा बसुन्धरा प्रतिष्ठानका कूलपति एबम साहित्यकार डा। दुर्गाबहादुर सुवेदी ( दुबसु छेत्री )र कोषाध्यक्ष पुनम सुवेदीले ५० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।