चेक बाउन्स मुद्दामा ओली दोषी ठहर, ३ महिना जेल सजाय


सेलिब्रेटी नेपाल

काठमाडौँ: मोडल खुश्बु ओलीलाई जिल्ला अदालत, काठमाडौंले चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । ओलीलाई ३ महिना कैद, ३ हजार जरिवानाको फैसला सुनाउनुका साथै चेक बापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो ठहर गरेको हो ।

खुश्बुले सप्तरीका गोपालबहादुर कटुवाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि जिल्ला अदालतमा मुद्दा परेको थियो। खुश्बुले घरजग्गा खरिदका लागि भन्दै कटुवालबाट ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्। उक्त रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कटुवालले खुश्बुविरुद्ध मुद्दा दायर गरेका थिए। ओलीले ३ जनवरी २०१७ मा कुमारी बैंकको चेक काटेकी थिइन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.