राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार लम्साललाई


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र पत्रकार संघ मकवानपुरले यो वर्ष प्रदान गर्ने राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गर्ने भएको छ । संघ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद १० हजार रहेको छ ।

सोही अवसरमा यो वर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ । मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष नेपाली चलचित्रका द्धन्द निर्देशक कलाकार,निर्माता तथा निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको संघका अध्यक्ष मणिराज गौतमले बताए ।

संघले गत वर्ष चलचित्र सम्मानबाट नायिका निता ढुङगाना, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री र चलचित्र पत्रकारिता पुरस्कारबाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो । भने यस अघि कलाकार भोलाराज सापकोटा, अमिर गौतम, सुशान्त कुमार श्रेष्ठलाई कलाकारिता सम्मान प्रदान गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.