‘केबीसी’मा ‘जात्रै जात्रा’ टिम पुग्दा बन्यो रमाइलो माहोल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’को टिम अहिले प्रचारमा प्रसार मा लागि रहेको छ । चलचित्रको टिमले को बन्छ करोपति शोमा पुगेर हाजिरिजवाफ खेल खेलेको छ । नायक दयाहाङ राई र विपिन कार्कीले हट सिटमा नायक राजेश हमालसँग खेल खेलेका छन् । उनीहरुले जितेको रकम भने खुलाइएको छैन ।

चलचित्रका निर्देशक प्रदिप भट्टराइले भने ‘हामीले को बन्छ करोडपतिबाट जती रकम जितेका छौ, त्यसमा हाम्रो टिमबाट थप गरेर नायिका स्वेता खड्काको स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्दैछौ ।’ स्वेताले अहिले सिन्धुपाल्चोकको माझी बस्तीमा बस्ती निर्माण गरिरहेकी छिन् । नायक राजेश हमालसँग बसेर हट सिटमा खेल खेल्दा रमाइलो र नयाँ अनुभुती भएको नायक दयाहाङ राइले बताए । यस्तै, अर्का नायक विपिन कार्कीले खेल खेल्न सहज नभएपनि रमाइलो भएको सुनाए ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिं बानियाँ, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।
हेर्नुहोस भिडियो

Copyright © 2012 - 2026 | All Right Reserved.