‘SEE TOP MODEL ICON 2019’ को लागि धमाधम नाम दर्ता गरिंदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: केहि साता अघि राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘SEE TOP MODEL ICON 2019’ हुने जानकारी गराईएको थियो । Galaxy Multi Media & Events ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा एसइइ दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । एसइइ दिएका बिद्यार्थीहरुको कार्यक्रममा सहभागि हुने उत्सुकता निकै नै बढेको छ रजिस्ट्रेसन खुल्ला गरे देखि अहिले सम्म काठमाडौँमा ५०० भन्दा बढीले SMS मार्फत आफ्नो नाम दर्ता गराई सकेका छन् भने दमौलीमा ४०० जना भन्दा बढीले नाम दर्ता गराई सकेका छन् ।

काठमाडौँ र दमौलीमा हुने उक्त प्रतियोगिता राजधानी काठमाडौँ र दमौलीमा छुट्टा छुट्टै मितिमा हुनेछ । हिजो आज सौन्दर्य प्रतियोगिताहरु धेरै नै हुने गरेका छन्। ति प्रतियोगिताहरु सबैको आ आफ्नो उदेश्य र ढांचा हुन्छन । यस कार्यक्रमको मुख्य उदेश्य भनेको एसइइ दिएका बिद्यार्थीहरुको क्षमता बृद्दी संगै प्लस टु अध्ययनको लागि सहयोग पुर्याउनु रहेको छ । काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गते हुनेछ भने दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

‘SEE TOP MODEL ICON 2019’ सहभागी हुन चाहनेले आफ्नो SMS मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । काठमाडौँमा हुने अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ त्यस्तै दमौली अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM2 Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ।

कार्यक्रममा टेक्सास इन्टरनेसनल कलेज,हिमालयन ह्व्याइट हाउस,क्यानभास इन्टरनेसनल,रेडन कलेज,पुष्पलाल मेमोरियल कलेज,लिचि एजुकेसन पार्क,परासर कलेज दमौलीमा पढ्नको लागि छात्रवृत्ति पाउनेछन् ।

प्रतियोगितामा विजेताले स्कुटर,नगद १ लाख,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति,बृज कोर्स,अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद १ लाख १० हजार,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । सम्पूर्ण सहभागीले प्लस टु पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेष्ठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए । थप जानकारीका लागि ०१४८२३९४८ मा फोन गरेर जानकारी लिन सकिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.