पोखरा दोहोरीद्वारा लोकदोहोरी स्रष्टालाई सम्मान


सेलिब्रेटी नेपाल

काठमाडौँ: स्थापनाको दुई दशकपछि नया“ व्यवस्थापनका साथमा सञ्चालनमा आएको ठमलेलस्थित पोखरा दोहारी नाचघरले लोकदोहोरी क्षेत्रमा लामो योगदान दिएका लोकप्रिय लोक श्रस्टाहरुलाई सम्मान गरेको छ । दोहोरी नाचघरमा आयोजना एक विशेष समारोहमा नाचघरका सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकश्रस्टाहरुलाई सम्मान गरेका हुन् ।

समारोहमा लामो समयदेखि लोक गीत संगीत क्षेत्रमा रही नेपाली लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य क्षेत्रमा पुर्याउन सफल चर्चित गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गायिका बिमाकुमारी दुरा, गायक राजु परिवार, रेशम थापा, खुमन अधिकारी, गायिका मञ्जु पौडेल, संचारकर्मी अनुषा पौडेल, गायक तथा सञ्चारकर्मी कृष्ण क“डेल, नृत्य निर्देशक उदिराम खड्का, शिव हमाल, बाबुराम बोहरालाई लोक गीत तथा संगीतको विकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले बताए ।

उक्त अवसरमा पोखरा दोहोरी नाचघरले शुक्रवारदेखि सञ्चालनमा ल्याएको पोखरा थकाली भान्छाघरको वरिष्ठ कलाकार नारायण रायमाझी तथा बिमाकुमारी दुराले रिबन काटेर उद्घाटन गर्नु भयो । एउटै स्थानमा दिउ“सोको समयमा थकाली परिकारमा मज्जा लिन सकिने र रात्रीकालिन समयमा दोहरी तथा नृत्यको मज्जा लिन सकिने आयोजकले जनाए ।

दुई दर्जन कलाकारहरुद्वारा हरेक साझ गायन तथा नृत्यको कार्यक्रम प्रस्तुत गरिने उक्त नाचघरमा लोक गायनमा सक्रिय रहेका चर्चित कलाकारहरुले दैनिक लोक भाकाहरु प्रस्तुत गर्ने कलाकार संयोजक छबी खड्काले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.