विद्यार्थीलाई ‘लभ स्टेशन’ बुझाउन कलेज पुगे प्रदीप


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र प्रचारको लागि गतिलो प्लेटफर्म स्कुल कलेज समेत हुन थालेका छन् । सायद त्यसैले होला अधिकांश चलचित्र युनिट प्रचारका लागि स्कुल कलेज पुग्ने गरेका छन् । २२ भदौबाट प्रदर्शनमा आउने चलचित्र ‘लभ स्टेशन’ पनि कलेज प्रचारमा निस्किएको छ । शुक्रबारबाट कलेज प्रचार अभियान सुरु गरेको यो टिमले पहिलो प्रचार ललिपुरको ब्रिलियन कलेजबाट सुरु गरेको हो । अभिनेता प्रदीप खड्का, प्रकाश शाह, निर्माता गोविन्द शाही लगायतका टोली चलचित्र प्रचारका लागि कलेज पुगेका थिए ।

कलेजमा चलचित्र कलाकारसहितको टोलीले ‘घाम जुन नै चाँहिदैन’ गीतलगायतका चलचित्रका गीतमा नृत्य गर्दै प्रचार गरेका थिए । सोही अवसरमा चलचित्रको बिषयमा कलाकार टोलीले विद्यार्थीसँग अन्तरक्रिया समेत गरेको अभिनेता प्रदीप खड्काले् बताए । आफ्नो मन पर्ने अभिनेता प्रदीप आफ्नो कलेजमा देखेपछि विद्यार्थीहरुले तछाडमछाड गर्दै सेल्फी समेत खिचेका थिए ।

सांगीतिक प्रेम कथामा आधारित पारिवारिक बिषय समेत समेटिएको ‘लभस्टेशन’ उज्वल घिमिरेले निर्देशन गरेका हुन् । काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविर विक्रम शाही निर्माता रहेको चलचित्रमा प्रदीपको अलवा जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय देख्न सकिन्छ ।आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’मा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.