मिलन र राजनराजको संयुक्त सांगीतिक यात्रा ‘मिरा साँझ’ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो । बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर्दै ‘मिलन च्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।

अग्रगामी समुह बेलायत, आदीबासी चलचीत्र महासंघ बेलायत र मिलन च्यारीटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलीत रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ । शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमा अध्ययन गरीरहेका छन् । गायीका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमीत सहयोग गर्दै आएकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.