अनुस्का शर्मा चुम्बनमा रेकर्ड राख्दै



चुम्बन दृश्य आफ्ना लागि लक्की साबित भएपछि राजकुमार हिरानी थ्री इडियट्सपछि आगामी फिल्म पीकेमा पनि यस्तै दृश्य दोहोर्याउने भएका छन्। आमिर खान हिरो रहने फिल्ममा उनीभन्दा धेरै वर्षले कान्छी अनुश्का शर्मा हिरोइन रहनेछिन्। यो फिल्मको चुम्बन दृश्यको खास कुरा के छ भने यो आमिरले राजा हिन्दुस्तानीमा करिश्मा कपुरका साथ दिएको चुम्बन दृश्यभन्दा पनि लामो हुनेछ। सेन्सर उदार रह्यो भने यो फिल्म झन्डै चार मिनेटको चुम्बन दृश्य देखिने एजेन्सीले जनाएको छ।
चुम्बन दृश्यलाई लिएर अनुश्कालाई पनि कुनै आपत्ति नभएको एजेन्सीले चर्चा गरेको छ। उनले यसअघि नै कतिपय फिल्ममा विन्दास शैलीले यस्ता दृश्य दिँदै आएकी छिन्। यसै वर्ष रिलिजमा आएको मट्की बिजली का मंडोलामा अनुश्काले इमरान खानका साथ चुम्बन दृश्य दिएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.