आना शर्मा कर्माको किच किचे माया (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । सोमबार सामाजिक सञ्जाल युट्युब मार्फत चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘किच किचे माया’ बोलको गीतमा सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत र चन्दन ध्वज केसीको स्वर रहेको छ । सार्वजनिक गीतमा मुख्य कलाकार कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ ।

गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशन गरेकी हुन् । निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माणमा बनेको चलचित्रमा जोसे मानुइल र अभिनेत्री आना शर्मा, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल रानाको अभिनय रहेको छ । ‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । चलचित्र चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.