चलचित्र कलाकार संघको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा


 

 

सेलेब्रिटी नेपाल २०६९ असोज २७ शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान दश बजे देखि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने संघको विशेष साधारण सभा लगत्तै नयाँ नेतृत्वका लागि चुनाव हुनेछ ।

निर्वाचनमा १५ पदका लागि ३२ सदस्यको भिडन्त हुने छ । कोषाध्यक्ष र सह-कोषाध्यक्षमा आकाश खवास र निशा अधिकारी निर्विरोध चयन भईसकेका छन् । निर्वाचनका लागि ३ सय ८१ मत पत्र तयार पारिएको छ । अध्यक्षमा जित्न एक उम्मेदवारले १ सय ९१ न्यूनतम मत ल्याउन जरुरी छ । अध्यक्षका लागि नवल खड्का र सविन बाँस्तोलको उम्मेदवारी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.