सेलिब्रेटी नेपाल
काठमाडौँ : नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी लोक दोहोरि गायिका धन कुमारी थापा सरु बिगत दुइ दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन । नेपालमानै पहिलो पटक रोदी अर्थात लोक दोहोरी साँझ खोलेर लोक दोहोरिलाई ब्यबसायिक रुपमा अगाडी बढाएर निरन्तर रुपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाइ जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा (सरु) नेपाली लोक संगीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी गायिका हुन ।
हालै दुबईमा सम्पन्न ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करणमा गायिका धन कुमारी थापा ‘सरु’ ले उत्कृस्ट गायिकाको अवार्ड प्राप्त गर्न सफल भएकी छिन् । अवार्ड पाए संगै उनले सबैमा धन्यबाद दिदै अझै आफु जिम्मेवार रुपमा क्रियाशील हुने बताएकी छिन । अझै नेपाली गीत संगीतमा निरन्तर समर्पित रहने उनको योजना रहेको छ ।
निरन्तर रुपमा लोक संगीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित लोक गायक गायिकाहरु लाइ समेत आफ्नो रोदी घर बाट उनीहरुलाई स्थापित बनाउदै नेपालि लोक सांगीतिक फाटमा उत्पादन गरिसकेकी छिन। तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ । उनि गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन ।