काराओके आईकन २०७५ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ : काराओके आईकन २०७५ तथा मिस एस.ई.ई.आइकन २०७५ हुने भएको छ।
रेक्स् फेसन होमको आयोजनामा मौलिक गायनको बेग्लै प्रतियोगिता काराओके आईकन २०७५ आगामी फागुन महिनाको अन्तिम हप्ता तथा मिस एस.ई.ई.आइकन नयाँ बर्ष २०७६ सालको बैशाख २१ गते हुने भएको हो। पत्रकार सम्मेलन गर्दै आयोजक रेक्स् फेसन होमका प्रवन्ध–निर्देशक खगेश रंजितकारले नयाँ सोचवाट अरुभन्दा फरक शैलीवाट दुवै कार्यक्रम गर्ने बताएका छन्।

अर्कोतर्फ शिक्षा नै विकासको पहिलो पाइला भन्ने नाराका साथमा एस.ई.ई.आइकन २०७५ गर्न लागिएको जानकारी आयोजक रेक्स फेसन होमका प्रमुख कार्यकारी अधिकृत रेक्स् रंजितकारले भनेका छन्। पत्रकार सम्मेलनमा गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर, एस.ई.ई.आइकन २०१८ नैना खड्गी, मिस नेवा आइकन २०१८ दिया श्रेष्ठ, मिस ग्राण्ड इन्टरनेशनल उरुषा जोशी, सल्लाहकार रोशन ताम्राकार लगायतले कार्यक्रमको आवश्यकताा र महत्वको वारेमा प्रकाश पारेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.