सेलिब्रेटी नेपाल
काठमाडौँ: सानो उमेर बाटै कभर गीत गाएर चर्चा पाएकी निजा पौडेलले पहिलो पटक आफ्नो सोलो गीत गाउँदै आफ्नो सांगीतीक करियर सुरु गरेकी छिन् । उनले पहिलो पटक विकाश चौधरीको संगीतमा गीत गायकी हुन् । उनलाई गायनमा विश्व नेपालीले साथ दिएका छन् । उनलाई नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेकी गायीकाको रुपमा हेरिएको छ ।
धनुषाको महेन्द्रनगरकी निजा हाल काठमाडौं, रातो पुलमा बस्छिन् । ट्रिनिटी इन्टरनेसनल कलेज कक्षा १२ मा अध्यनरत निजाका दाजु निमेष पौडेल साहित्यकार हुन् । उनको नयाँ उपन्यास १४ फेब्रुअरी अको महिनाको अन्यतीर बजारमा सार्वजनिक हुँदैछ । निजा उनै दाजु निमेष र आमा बुवाको साथ पाएकाले नै म्युजिक र सिनेमा क्षेत्रमा जम्ने तयारी लागेको बताउँछिन् । आफुले नेपाली सिनेमा र म्युजिक क्षेत्रमा चलेका कलाकार भन्दा फरक पहिचान बनाउँने चाहाना छ । जस अनुसार आफुले तयारी गरिरहेको उनको भनाई छ ।