‘भिलेन’ मा कोही पनि भिलेन छैन: शिल्पा


सेलिब्रेटी नेपाल

काठमाडौँ : आगामी २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘भिलेन’ ले राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रको बारेमा जानकारी गरायो
निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर चलचित्र ‘भिलेन’ टिमले उपस्थित सम्पूर्ण पत्रकार हरुलाई ढाका टोपी लगाइदिने कार्य पनि गरेको थियो। अभिनेता निखिल उप्रेती कार्य व्यस्तताको कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराइयो । एक्सन जनराको चलचित्रमा पहिलो पटक निखिल र शिल्पाले स्क्रिन शेयर गरेका हुन् । दुवै जना चलचित्रमा मधेसी भूमिकामा प्रस्तुत छन् ।

चलचित्र ‘भिलेन’ मा आफु भिन्न भूमिकामा रहेको र चलचित्र राम्रो बनेकोले हेरिदिन शिल्पाले आग्रह गरिन । ‘भिलेन’ मा कोही पनि भिलेन नभएको,समय समाज र परम्परा नै भिलेन हो, भिलेन बारे शिल्पाले अझ प्रष्ट्याइन् ।

निखिलले आफुलाई एक्सन स्टारको रुपमा स्थापित गरिसकेका छन् । भने, शिल्पा अघिल्ला केहि चलचित्रमा एक्सन अवतारमा प्रस्तुत भैसकेकी थिइन् । देवेन्द्र पाण्डे निर्देशित चलचित्रमा निखिल र शिल्पाका आलावा निशा अधिकारी, कपिल खत्री पनि मुख्य भूमिकामा छन् । चलचित्रलाई द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

कपिल खत्रीको प्रस्तुति रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा/मदन कश्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ/साहिल खानको सम्पादन, बसन्त सापकोटा/बाबुल गिरी/लाल कुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना/दीपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.