निर्माताको फुड सेन्टरमा कलाकारहरुको जमघट


सेलिब्रेटी नेपाल

काठमाण्डौ। नेपालका प्रसिद्द कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र खड्का लगायतका कलाकारहरु काठमाण्डौको सिटि सेन्टरमा भेटिएका छन् । सेन्टरको चौँथो तल्लामा रहेको नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशनको उद्घाटनको अवसर पारी कलाकारहरुको जमघट भएको थियो । फुड स्टेसनको यहि डिसेम्बर २१ बाट ग्राण्ड ओपनिङ्ग भएको छ । उद्घाटनको अवसरमा स्टेशनमा पाईने विभिन्न परिकारहरु कलाकारले खाएका थिए । उक्त अवसरमा फुडस्टेशन ग्राहकको सन्तुष्टीमा प्रतिवद्द रहनेमा कलाकारहरुले बिश्वास व्यक्त गरे ।

स्टेशनको जनवरी १ सम्म उद्घाटन सत्र रहेको छ । यो फुड स्टेसनमा चाईनिज, कोरिएन, कन्टिनेन्टल, बलिवुड बिरयानी, दुबाई क्याफेटेरिया सहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थको मज्जा लिन सकिने बताईएको छ । बिग मुभिज सिनेमा पनि सोही स्थानमा रहेकोले सिनेमा हेर्न आउने दर्शकहरुले सिनेमाको साथै विभिन्न प्रकारको खानाको मज्जा लिन सञ्चालक श्री मोहन कृष्ण श्रेष्ठले बताए । फुड स्टेशनलाई मोहन कृष्ण श्रेष्ठ, वाई. एल. लामा, शैलेस प्रजापती, मनिष राजभन्डारी, महेश कार्की र दिपक जोशीको ग्रुपले सञ्चालनमा ल्याएको हो । श्रेष्ठ नेपाली चलचित्रका निर्माता समेत हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.