कमेडीले भरिपूर्ण ‘गरुड पुराण’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्बजनिक गरिएको छ सोमबार राजधानीमा प्रेस मिट गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा समाबेश दृस्य अनुसार यो चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ ।

विवाहमा बाजा बजाउनेहरुको कथा यो चलचित्रमा भएकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको यसका निर्देशक सुवास कोइरालाले कार्यक्रममा बताए । सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर लगायतका कलाकारलाई स्थान दिइएको छ ।

सुसन प्रजापतिले छायाँकन गरेको चलचित्रमा रेनाषा बान्तवा राईको नृत्य निर्देशन, कोशिश क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् । चलचित्र माघ ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.