गीतकार दुर्गाको ‘वन्ली फर यु’ सार्बजनिक




काठमाडौँ : गीतकार दुर्गा प्रधानको एकल एल्बम ‘वन्ली फर यु’ विमोचन भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एल्बम बिमोचन गरिएको हो । गीतकार प्रधानको एकल शब्द रचना तथा संगितकार विनोद पछाईको एकल संगीत रहेको सो एल्बममा पाँच ओटा गीत समाबेश छन् । पुर्व अर्थमन्त्री तथा गीतकार साहित्यकार शंकर प्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी माइक होगन,एल्बमका संगीतकार एवं गायक बिनोद पछाई, गायिका दिपा लामा, अभिनेत्री सारा सिरपाली, गीतकार दुर्गा प्रधान लगायत बिशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

साहित्य लेखनमा विशेष रुची राख्ने प्रधानको एल्बममा रहेका पाँच गीतमा अन्जु पन्त, विनोद पछाई, दिपा लामा, मेलिना राई र शिव परियारको स्वर रहेको छ । जसमध्ये शिव परियारको आवाजमा रहेको रात पनि दिन हुन्छ बोलको गीतको म्युजिक भिडियो पनि विमोचन गरिएको थियो । भिडियोलाइ निशान घिमिरेले निर्देशन गरेका हुन् भने आकास श्रेष्ठ र सारा सिरपालिको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.