‘हास्य टेली अवार्ड २०७५’ हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ : आफु रोएर जगत हसाउने हास्य कलाकारहरुको सम्मानको निमित्त नेपालमै पहिलो ‘हास्य टेली अवार्ड २०७५’को आयोजना गरिएको छ । अहिले सम्म टेलिभिजन र युट्युबमा प्रसाण भएका हास्य टेलिफिल्महरुलाई प्रोत्साहनकोलागि हास्य टेली अवार्ड गर्न लागिएको हो । आगामी पौष ७ गते कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिने अवार्डमा बिभिन्न १९ बिधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक कृष्ण पुलामी मगर (क्रिश) ले जानकारी दिए ।

अवार्डमा सामेल हुन चाहनेहरुले टेलिफिल्मको डिजिटल प्रती सहित आबेदन दिन सक्नेछन । अवार्ड ७५ % भोटको आधारमा र २५% निर्णायक मन्डलको निर्णय अनुसार बितरण हुनेछ । नेपालमै पहिलो पल्ट आयोजना हुन लागेको हास्य टेली अवार्डलाई मलेसियामा थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको ‘फ्रेन्डसिप धमाका’ले आयोजना गर्न लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.