सेलिब्रेटी नेपाल
काठमाडौँ :एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा ‘ ल्याएर नेपली सांगीतिक आकाशमा छाएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएका छन् । दोश्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’ मार्फत श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । ‘प्रेमको भिखारी’ एल्बममा बिबिध प्रकारका ५ वटा आधुनिक गीतहरु समावेश गरिएका छन् । एल्बममा निम संगीतको अलवा नवराज घिमिरे ,लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द रहेको छ भने एल्बममा समाबेश शिर्षगीत ‘प्रेमको भिखारी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।
भिडियोमा गगन आफैले अभिनय गरेका छन भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन निशान घिमिरेको सम्पादन ,उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युबराज वाइबाको निर्देशन गरेका हुन भिडियोलाई गीतको भावना अनुरुप घायलप्रेमीप्रति समर्पित गरिएको छ । भिडियोमा आत्मा हत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमीकाले बचाएको कथालाई देखाउँन खोजीएको छ ।प्रेम र पिडाको अनुभुतिमा कोरिएका गीतहरु समावेस ”प्रेमको भिखारी” मा अत्यन्त मार्मिक अनुभूतीमा गायन गरिएको छ ।पिडा नै पिडा त्यो पनि प्रेमपिडाको सशक्त गीतहरु यो एल्बममा समेटिएको छ। यस अघि २०६५ मा आएको गायक सरगमको ‘तिम्रो मन’ एल्बमको तिम्रो मनमा फुल्न मन लाग्छ गीतलाइ दर्शकको साथ मिलेको थियो ।