गीतकार तथा संगीतकार गजमेरको ‘मेरो प्राणनाथ’ भाग २ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : गीतकार तथा संगीतकार यदिन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग २’ सार्वजनिक गरिएको छ । प्रख्यात धर्म गुरु तथा उनका मातापिताको उपस्थितमा अमेरिकामा उक्त एल्वम बिमोचन गरिएको हो । ‘मेरो प्राणनाथ भाग २’ मा ७ वटा गीत समावेश गरिएको छ । सबै गीतमा संगीत यदिन गजमेरकै छ ।

उक्त एल्बममा समावेश भएका गीतहरूमा स्वर भने शिब परियार, स्वरुपराज, अनुप रेग्मी, विश्व नेपाली, नरेन्द्र प्यासी, बानीका प्रधान, प्रविशा अधिकारीको छ । प्राणनाथ कुनै सांसारिक व्यक्तिको नाम नभएर समस्त चराचर प्राणीहरूका एक मात्र मालिक हुन्, विमोचन कार्यक्रममा गजमेरले भने, ‘ब्रम्हा, विष्णु र शंकर आदिनारायण एवं समस्त पैगंमर, तीर्थंकर अवतारहरूले पनि यस २८ औं कलियुगमा श्री प्राणनाथजीको आगमनको प्रतीक्षा अखंड मुक्तिका लागि गरिरहेका थिए । तसर्थ सबैलाई दिव्य तारतम ज्ञानद्वारा सबै धर्म ग्रन्थहरूको भेद खोलेर अखंड मुक्ति दिन आई सक्नु भएकोछ मेरो प्राणनाथ, तपाईंको प्राणनाथ र हामी सबैको प्राणनाथ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.