कोरियामा विक्रम र रुविष्कालाई ‘ब्राण्ड अनररी एम्बेस्डर अफ एलबिएमए’ अवार्ड


सेलिब्रेटी नेपाल काठमाडौँ

कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन विक २०१८’ मा नेपालाई ठुलो सफलता हात परेको छ । नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड नेपाल भित्र्याउन सफल भएका छन् ।

कार्यक्रममा विक्रम र रुविष्कालाई ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जित्दा अदीति अधिकारीले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञवालीले ‘बेष्ट पर्सनालिटी’ अवार्ड हात पारे ।

कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चियोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म ( ११ कत्तिकदेखि १५ सम्म) आयोजित कार्यक्रममा यी सहभागीले नेपालका विभिन्न कलासंस्कृति विश्वका सहभागी माझ राखेका थिए ।

नेपालको प्रतिनिधित्व अवार्डमा सहभागीमध्ये अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप विजेता हुन् ।

अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एसिया मोडल फेस्टिवल फेस अफ नेपाल विजेता पनि हुन् । सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । सबै सहभागी मंगलबार काठमाडौ फर्किने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.