‘मेरो साथी काल’ लिएर आए मनिष (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले छोटो चलचित्र ’ मेरो साथी काल’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो छोटो चलचित्र लिएर आएका हुन् । यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रङ्गकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन ।

यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुदै चलचित्र समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.