गोस्वामीको ‘कोसिस २’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

विगत १० वर्षदेखि अष्ट्रेलियामा रहेर संगीतमा सक्रिय राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’ को प्रिमियर सम्पन्न भएको छ। शुक्रबार अष्ट्रेलियाको सिड्नीमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर सम्पन्न गरिएको हो।

एल्बमको प्रिमियरमा अष्ट्रेलियामा बस्दै आएका विशिष्ट नेपाली व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा गायक गोस्वामीले लाइभ प्रस्तुति पनि दिएका थिए।
गोस्वामीको एल्बम ‘कोसिस २’ मा १० वटा गीत समावेश छन्। यस एल्बममा समावेश ‘साइली र माइली’ को भिडियो सार्वजनिक भइसकेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.