सेलीब्रेटी नेपाल फागुन ५ गते -साहित्यकार पुष्कर लोहनीले यौन विषयमा साहित्य लेख्नेलाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्नुभएको छ ।हृवाइट लोटस बुक सप कोपुन्डोलले राजधानीमा गरेको साहित्यिक गोष्ठीमा लोहनीले यौनलाई शालीन ढङ्गले प्रस्तुत गर्न नेपाली साहित्यकारलाई आग्रह गर्नुभयो । संस्कृत साहित्यका महाकवि कालीदास तथा भर्तृहरि, विल्लड, अमरुक र विद्यापतिले यौन विषयलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गरेको तर पश्चिमा साहित्यमा त्यस्तो नपाइएको बताउनुभयो । उहाँले भन्नुभयो-’प्रायः नेपाली साहित्यकार कम पढ्छन् र पुरानै कुरा लेख्छन्, कतिपय वरिष्ठ साहित्यकारले पनि विश्व साहित्यमा लेखिसकिएका कुरा दोहोर्याएका छन् ।’सो अवसरमा साहित्यकार अतृप्त पाण्डेयद्वारा लिखित’हुरी नचलेको भए…’शीर्षक कथासङ्ग्रहबारे चर्चा गरिएको थियो । विवेक सिर्जनशील प्रकाशन प्रालि, काठमाण्डौँ प्रकाशित सो सङ्ग्रहमा लेखकले विसं २०२९ देखि २०४८ सम्म लेखेकामध्ये छनोट गरिएका ११ कथा समाविष्ट छन् । पाण्डेयको यसअघि ‘समयसित रुमाल छैन (२०६७)कवितासङ्ग्रह प्रकाशन भएको थियो ।कार्यक्रममा साहित्यकार लोहनी, शैलेन्द्र साकार, पूर्ण विराम, युयुत्सु आरडी शर्मा, श्याम रिमाल, प्रभात सापकोटा, पुण्य गौतम विश्वास, चेतनाथ धमला र नारायण निराशीले समसामयिक तथा श्रृङ्गारिक कविता र हाइकु प्रस्तुत गर्नुभएको थियो । आयोजक बुक सपको संयोजनमा ‘चिन्तन’ शीर्षक साहित्य,कला,संस्कृतिको द्वैमासिक पत्रिका पनि यसै वर्ष प्रकाशन हुने भएको छ
सम्बधित पोस्टहरु
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...
‘आँखा’ फर्स्टलुक सार्वजनिक, असार १४ बाट प्रदर्शनमा आउने
काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ...
४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ को छायाँकन सकियो
काठमाडौँ। ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’ को सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको...
प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने
काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरियलको शुक्रबार राजधानीमा शुभ मुहुर्त गरिएको छ । प्रज्ञा जोशीको निर्देशन रहने टेलिसिरियलमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का...
अन्जु-किरणको ‘छेउमा नआउ कान्छी तिमी’ रिलिज
गायिका अन्जु पन्त तथा किरण भुजेलको युगल स्वर रहेको ‘छेउमा नआउ कान्छी तिमी’ बोलको गीत रिलिज भएको छ। रमेश एम के पौडेलको शब्द तथा शान भुषालको संगीतमा तयार भएको यो गीत ‘डान्स बिट’मा रहेको छ। गीतको भिडियोमा...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...