लक्ष्मी बनिन सर्वोत्कृष्ट बेहुली शृंगारकर्ता


सेलिब्रेटी नेपाल काठमाडौँ
आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ ( बेहुली शृंगार प्रतियोगिता) को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् । काठमाडौंमा सम्पन्न यस प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई जित्दै लक्ष्मीले उत्कृष्ट भएपबात ११ हजार १११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् ।

यस्तै महाराजगञ्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ सो प्रतियोगितामा फस्ट रनरअप हुँदै ६ हजार ६६६ रुपैयाँ र कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप हुँदै ४ हजार ४४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।

ब्युटी न्युज नेपालको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए ।

सोही कार्यक्रममा नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती, वर्षको उत्कृष्ट कस्मेटिक व्यवसायी मच्छिन्द्र खकुरेल, अस्थाबेरी लिमिटेड मुम्बई तथा डेल्टा मार्केटिङका नेपाल प्रबन्धक हेमन्त नेरुलालाई कस्मेटिक क्षेत्रमा उल्लेख योगदान सम्मानबाट सम्मानित गरियो । ब्युटिसयन क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै अग्रज ब्युटिसियन सफलता थापा ब्युटिसियन योगदान सम्मान र १५ वर्षदेखि नाइहरुसँगै पौठेजोरी गर्दै पुरुषको कपाल दारी काट्दै आएकी ब्युटिसियन देबीमाया दाहाल (दीपा)लाई ब्युटिसियन फरक योगदान सम्मानबाट सम्मानित गरियो ।
यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.