सेलीब्रेटी नेपाल फागुन २ गते-पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धि थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले पहिलो पटक ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३’ आयोजना गर्न लागेको छ अनामनगर स्थित ‘मण्डला थिएटर’मा चैत ३० देखि बैशाख १ गते सम्म तिन दिन चल्ने महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धि कार्यशाला, अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने भएको छ। फेस्टामा ५ मिनेट देखि ४५ मिनेट सम्मको बृत्तचित्र, चलचित्र, कार्टुन/एनिमेशनलगायत जुनसुकै बिधा र शैलीका चलचित्रले सहभागीता जनाउन सक्नेछन।फेस्टामा प्रथम, द्धितीय, तृतीयका साथै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्टी्र सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’ र ‘पब्लिक च्वाईस अवार्ड’ लगायतका पुरस्कार रहेका छन्।
सम्बधित पोस्टहरु
माघ ९ मा रिलिज हुने ‘बिगुल’को टिम प्रचारका लागि मोफसल यात्रामा
काठमाडौं । समसामयिक नेपाली समाजको यथार्थ, राजनीतिक विसङ्गति र अन्याय विरुद्धको बुलन्द आवाज बोकेको चलचित्र ‘बिगुल’ यतिबेला मोफसल केन्द्रित प्रचार अभियानमा जुटेको छ । माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको टोली...
प्रदीप शाहीको ‘एक्लो–१’ दोस्रो सातामा
काठमाडौँ । फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो–१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ। भविष्यको उत्तर-अपोकालिप्टिक (विनाश पछिको) नेपालको कथामा आधारित यो चलचित्रले नेपाली सिनेमा जगतमा...
‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक
काठमाडौं। चलचित्र ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले पोस्टर सार्वजनिक गरेलगत्तै अहिले गीत रिलिज गरेको हो। कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति सन् २०२६ का लागि तय गरिएको छ।...
अष्ट्रेलियामा गुञ्जिनेछ ‘गलबन्दी नाइट’: समीक्षा, सुवास र आमेशले दर्शक नचाउने
काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूलाई सांगीतिक मनोरञ्जन दिलाउन ‘गलबन्दी नाइट’ आयोजना हुने भएको छ। आगामी जनवरी २३ तारिखमा सिड्नीको अउबर्नस्थित ग्राण्ड प्यालेस फङ्सन सेन्टरमा यो विशेष सांगीतिक धमाका हुने निश्चित भएको...
माघ महिनामा नेपाली सिनेमाको उत्साह: ९ वटा चलचित्र प्रदर्शन हुँदै
चिसो मौसमका बाबजुद माघ महिनामा नेपाली सिनेमाको बजार तातिने देखिएको छ। यो महिना साना र ठूला बजेटका गरी कुल ९ वटा नेपाली चलचित्रहरू प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्र वितरक र हल सञ्चालकहरूका अनुसार यो महिना दर्शकहरूले सामाजिक...
‘बिगुल’ सुन्निनुअघि नै छाएकी मिरा: डेब्यु अफरले उत्साहित
काठमाडौं। नेपाली चलचित्र क्षेत्रले माघ ९ गते नयाँ अनुहारका रूपमा मिरा पण्डितलाई पाउँदैछ। उनले अभिनय गरेको चलचित्र ‘बिगुल’ प्रदर्शनको संघारमा छ। सार्वजनिक सामग्रीहरूले राम्रो प्रतिक्रिया पाइरहेका बेला मिरालाई अहिले नै...


