प्रमोदको लन्डनमा भेट भयॊ मनोज र रोशना संग (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक प्रमोद राज न्यौपाने को नयाँ म्युजिक भिडियो सार्वजनिकगरिएको छ । दुई बर्ष अघी प्रकाशित उनको एल्बम ‘मेरो घरको छानो’ मा संग्रहित ‘भेट भयो तिमी सँग ..’ बोलको रोमान्टिक मेलोडियस गीतमा भिडियो बनेको हो । आधुनिक र गजल को मिश्रित शैलीमा बनेको यस गीतमा गायक प्रमोद राज सँग गायिका निशा देसारले स्वरमा साथ दिएकि छिन ।

गीतमा युरानको शब्द रचनामा सागर किनारले संगीत भरेका छन भने संगीत सम्योजन राजन इशान को रहेको छ । बिगत ९ बर्ष देखी बेलायत बस्दै आएका गायक प्रमोद राजको गत बर्ष सार्बजनिक पप शैली को गीत ‘रहे सम्म…’ पछी बेलायतमा नै छायांकन भएको यो दोस्रो भिडियो हो । त्यस अघी उनले नेपालमा बनेको भुसण दाहाल निर्देशित भिडियो बजारमा ल्याएका थिए ।

भिडियोमा नेपालकै झझल्को दिने यु के को पहाडी क्षेत्र वेल्सका सुन्दर दृश्य हरुमा मनोज मेहता र रोशना कार्की को रोमान्स देख्न सकिन्छ। प्रभु गुरुङको कोरियोग्राफिमा लन्डनमा तयार भएको यस भिडियोको छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका छन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.