आँचल मिलाईदिन्छु भन्दै निवेदन लेखेर पैसा असुले (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् । आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गुणराज श्रेष्ठको स्वर रहेको गीतमा बि. पाण्डेका शब्दमा र सुवास भुषालको संगीत रहेको छ । उदयराज पौडेल एरेन्जर हुन् । यूट्युबमा सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो रमाईलो छ ।

दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ । विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.