सेलीब्रेटी नेपाल माघ २९ गते-नायक सुमन सिंह अभिनित चलचित्र रंग प्रदर्शनीको तयारीमा रहेको छ। रोशन ठकुरीको पहिलो निर्देशनमा बनेको उक्त चलचित्र रंग फागुन ४ गते एक साथ देशभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।अहिले प्रदर्शनमा आयका कुनै नेपाली चलचित्र हरुले लगानी उठाउन सकिरहेका छैनन् गत हप्ता मात्र रिलिज भयको सुमन सिंह अभिनित शानले पनि कुनै शान देखाउन सकेन । चलचित्रमा सुमन सिंहक अलावा राजेश हमाल, करिष्मा मानन्धर, सुमिना घिमिरे, मुकेश आचार्य, दिपशिखा, मदन केसी साथै पोखरेली कलाकार विनोद वरालको अभिनय रहेको छ। सुमन सिंह अहिले सम्मको पृथक अभिनय रहेको उक्त चलचित्रमा दिनेश न्यौपानेको कथा, हरि हुमागाईको छायांकन आलोकश्री र एलिस कार्कीको संगित, शंकर महर्जनको द्धन्द्ध रहेको छ भने चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा शंकर पाण्डे र विनोद वराल रहेका छन् ।
सम्बधित पोस्टहरु
चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन
काठमाडौं। यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका...
सागर लम्साल ‘बले’ अब निर्माता बन्दै
काठमाडौं । टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। सागरको फिल्म आगामी वैशाखपछि छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम र कलाकार टिमबारे...
‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
काठमाडौं। आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ।...
चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल
काठमाडौँ । नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग शीर्ष कलाकार, निर्माता, निर्देशक तथा चलचित्र क्षेत्रका संघ–संस्थाका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। चलचित्र विकास...
चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने
काठमाडौं। सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहने छ। लामो समय देखि...
‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक, माघ २३ मा प्रदर्शन
काठमाडौं । नायिका आना शर्मा को मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ता निर्देशित यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुने पक्का भएको छ । आज ललितपुरमा आयोजित एक...




