सेलीब्रेटी नेपाल माघ २९ गते-नायक सुमन सिंह अभिनित चलचित्र रंग प्रदर्शनीको तयारीमा रहेको छ। रोशन ठकुरीको पहिलो निर्देशनमा बनेको उक्त चलचित्र रंग फागुन ४ गते एक साथ देशभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।अहिले प्रदर्शनमा आयका कुनै नेपाली चलचित्र हरुले लगानी उठाउन सकिरहेका छैनन् गत हप्ता मात्र रिलिज भयको सुमन सिंह अभिनित शानले पनि कुनै शान देखाउन सकेन । चलचित्रमा सुमन सिंहक अलावा राजेश हमाल, करिष्मा मानन्धर, सुमिना घिमिरे, मुकेश आचार्य, दिपशिखा, मदन केसी साथै पोखरेली कलाकार विनोद वरालको अभिनय रहेको छ। सुमन सिंह अहिले सम्मको पृथक अभिनय रहेको उक्त चलचित्रमा दिनेश न्यौपानेको कथा, हरि हुमागाईको छायांकन आलोकश्री र एलिस कार्कीको संगित, शंकर महर्जनको द्धन्द्ध रहेको छ भने चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा शंकर पाण्डे र विनोद वराल रहेका छन् ।
सम्बधित पोस्टहरु
कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
काठमाडौँ। नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली फिल्म उद्योगलाई ऐतिहासिक सफलता दिलाएको छ। निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले ‘अन सर्टेन रिगार्ड’...
कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी छन्। महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि जेठ ३ गते फ्रान्स...
चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको...
चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका...
चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो
काठमाडौं। पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्। ‘द...
मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’ को टिजर सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक...



