दीपकलाई नम्रताको स्वभाव राम्रो लागेपछि… (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक दीपक बराईलीले ‘साह्रै राम्रो स्वभाव’ बोलको नयाँ गीत भिडियो सार्बजनिक गरेका छन् । मधु साश्रीको शब्द र प्रविन बराईको संगीत रहेको यस गीत मोनाली इन्टरटेन्मेन्टले सार्बजनिक गरेको हो ।

गायक दीपकले यस गीतबाट दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाउनेमा आशावादी रहेको बताए । ‘दर्शक श्रोतालाई पक्कै मन पर्नेछ, आशा लिएको छु, साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्छु’, दीपकले भने । उक्त गीतको भिडियोमा गायक दीपक सँगै नायिका नम्रता सापकोटाको अभिनय रहेको छ । भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन् । गीतको भिडियो फराज अर्पनले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.