सेलीब्रेटी नेपाल माघ २८ गते-नवगायक प्रेम राईले आफ्नो पहिलो एकल एल्बम राजीनामा बजारमा ल्याएका छन्। नाट्य क्षेत्रमा समेत लागिरहेका राई अंग्रेजी साहित्यमा मास्टर गर्ने तयारी गरिरहेका छन्। पढ्नमा भन्दा बढी संगीतमा ध्यान दिने उनी अनुत्तीर्ण भने कहिल्यै हुनुपरेको छैन। उनै प्रेमको एल्बम शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गएको हो। नेपाली कांग्रेसका काठमाडौं जिल्ला कार्यसमिति सभापति तथा कार्यक्रमका प्रमुख अतिथि भीमसेनदास प्रधान, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरलगायतले एल्बमको विमोचन गरेका थिए । राष्ट्रिय फोटो प्रकाशन समूहका उपाध्यक्ष हरिगोपाल प्रधानको सभाध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा विमोचित एल्बममा राजीनामा, प्रकृतिले, के थिएँ, आँखा नसालु, आगो बाली र लाग्यो भने गरी कुल ६ गीत छन् । एल्बममा डी. आर, लक्ष्मीप्रसाद घिमिरे, अबुदय खनाल, सुरज थापा र नित्यनन्द शर्माको शब्द रहेको छ भने अर्जुन पोखरेल, मीन विष्ट, पुरुषोत्तम न्यौपाने र सुरज थापाको संगीत रहेको छ।
सम्बधित पोस्टहरु
कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
काठमाडौँ। नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली फिल्म उद्योगलाई ऐतिहासिक सफलता दिलाएको छ। निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले ‘अन सर्टेन रिगार्ड’...
कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी छन्। महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि जेठ ३ गते फ्रान्स...
चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको...
चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका...
चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो
काठमाडौं। पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्। ‘द...
मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’ को टिजर सार्वजनिक
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक...



