सेलीब्रेटी नेपाल माघ २६ गते-साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सम्पादक बुढाथोकीलाई उक्त साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर बेग्लाबेग्लै देशको नम्बरबाट फोन गरी अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको सङ्घका महासचिव ओम शर्माले विज्ञप्तिमार्फत् प्रष्ट गरेका छन्।महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने तथा पत्रिकाका सम्पादकलाई हतोत्साहित बनाउने यो धम्कीको घोर भर्त्सना गर्दै धम्की दिनेलाई तत्काल पहिचान गरी कारबाही गर्न र पत्रकारलाई सहज एवम् निर्भयपूर्वक सूचना सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ।
सम्बधित पोस्टहरु
‘गोर्खा वारियर’ निर्माता सुमन राईद्वारा ६४७६ मिटर अग्लो हिमाल सफल आरोहण, अबको लक्ष्य सगरमाथा
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य...
असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाइने
काठमाडौं । नेपाल सरकारले अबदेखि प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यो निर्णय असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएको हो। नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको...
नेपाली चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर
काठमाडौं। नेपाली चलचित्र इतिहासमा विशेष स्थान राख्ने फिल्म ‘आमा’को पोस्टर अब हुलाक टिकटमा अमर भएको छ। चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहमा हुलाक सेवा विभागले ‘आमा’ लाई समर्पित टिकट सार्वजनिक...
‘माग्ने राजा’ टिजर सार्वजनिक : केदार घिमिरे अब हलमा हँसाउने राजा
काठमाडौँ। ‘हल्का रमाइलो’ भन्दै दर्शकको मन जित्दै आएका कलाकार केदार घिमिरे अब पूर्णरूपमा ‘रमाइलो’ गराउने वाचा गर्दै सिल्भर स्क्रिनमा आउन लागेका छन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘माग्ने राजा’ को सोमबार सार्वजनिक गरिएको टिजरले...
परेश रावल ‘हेरा फेरी ३’ मा पुनरागमन गर्दै, विवादको टुंगो लाग्यो
एजेन्सी। केही समयअघि ‘क्रिएटिभ भिन्नता’का कारण चर्चित कलाकार परेश रावलले ‘हेरा फेरी ३’ छाडेका थिए, जसले धेरै दर्शकलाई निराश तुल्याएको थियो। तर अब उनले फिल्ममा पुनः अभिनय गर्ने पुष्टि गरेका छन्। उनले भनेका छन्, “म चाहन्छु सबै...
रकस्टार विनोद ढकालको अभिनय डेब्यु : ‘किन लाग्छ माया’ मार्फत नयाँ अध्याय सुरु
काठमाडौं। सशक्त स्वर र भावपूर्ण प्रस्तुति मार्फत संगीत र डबिङ क्षेत्रमा बेग्लै पहिचान बनाएका रकस्टार विनोद ढकाल अब अभिनयको यात्रामा होमिएका छन्। एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माणाधीन चलचित्र ‘किन लाग्छ माया’ बाट उनले...