सेलीब्रेटी नेपाल माघ २६ गते-साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सम्पादक बुढाथोकीलाई उक्त साप्ताहिकमा प्रकाशित समाचारको विषयलाई लिएर बेग्लाबेग्लै देशको नम्बरबाट फोन गरी अश्लील गालीगलौजसहित सात दिनभित्र ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको सङ्घका महासचिव ओम शर्माले विज्ञप्तिमार्फत् प्रष्ट गरेका छन्।महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई चुनौती दिने तथा पत्रिकाका सम्पादकलाई हतोत्साहित बनाउने यो धम्कीको घोर भर्त्सना गर्दै धम्की दिनेलाई तत्काल पहिचान गरी कारबाही गर्न र पत्रकारलाई सहज एवम् निर्भयपूर्वक सूचना सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ।
सम्बधित पोस्टहरु
चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर आइतबार राजधानीमा आयोजीत कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य...
‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ गते अर्थात् अक्टोबर ९ बाट नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक...
पावरप्याक एक्सनले भरिएको ‘आचार्य’ ट्रेलर सार्वजनिक
ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा
पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्।
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेलाई तोकियो प्रदर्शन मिति
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठी



