बेनिषा र बिशालको सम्बन्ध किन बिग्रियो ?


सेलिब्रेटी नेपाल काठमाडौँ

केकी अधिकारी, बेनिशा हमाल र रीमा विश्वकर्माले चलचित्र ‘स्वर’ बाट नेपाली चलचित्रमा एकसाथ डेव्यु गरेका हुन । यहि चलचित्रबाट तिन नायिका मिल्ने साथी बनेका हुन । जस मध्ये नायिका केकी अधिकारी आफ्नो अभिनयका कारण चर्चित बनिन् । सबै भन्दा बढि सफल पनि केकि नै बनिन् उनले अभिनय गरेका चलचित्रले व्यावसायीक सफल नभए पनि अभिनयका कारण चलिन । तर दुई नायिका बेनिशा र रीमा सुन्दर हुँदा हुँदै पनि चल्न सकेनन् र उनीहरु चलचित्र भन्दा पनि म्युजीक भिडीयोमै बढि व्यस्त बने ।

म्युजीक भिडीयो खेल्दै गर्दा नायिका बेनिशा हमालको नाम निर्देशक बिशाल भण्डारीसँग जोडियो । बिशाल पनि मिडियामा आइरहँदा बेनिशालाई आफ्नो परिवारको सदस्य मान्दै आइरहेका थिए । तर अहिले यिनीहरुको सम्बन्ध बिग्रीएको चर्चा चलचित्र नगरीमा चलिरहेको छ । अहिले बिशालले निर्देशन र केकी अधिकारीले निर्माण गरेको चलचित्र हलमा चलिरहेको छ । ‘कोहलपुर एक्सप्रेस’ निर्माण घोषणा देखि नै केकिले निर्माण गरेको चलचित्रमा रीमा र बेनिशा नअटाए पछि मिडियामा विभिन्न खालको चर्चा भएरहेको थियो ।

पछि केकीले रीमालाई चलचित्रमा समावेश गीत सिओ डव्लु काउ मा नृत्य गराईन तर बेनिशा भने कतै अटाइनन् यो बिषयमा निकै चर्चा भयो । अहिले बेनिशा स्थापीत कलाकार भई सकेकी छिन उनले अभिनय गरेका दुई चलचित्र झ्यानाकुटी र ब्लाइन्ड रक्स रिलीज भए । जसबाट बेनिशाको अभिनयले दर्शक र चलचित्रकर्मीको मन जित्यो । यस वर्षको पहिलो अवार्ड एनएफडीसी चलचित्र पुरस्कारमा बेनिशाले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितीन, उनलाई सबैले बधाई दिए तर कुनै वेला बेनिशालाई आफ्नो परिवारको सदस्य मान्ने बिशालले उनलाई कहिँ कतै शुभकामना दिएको देखिएन ।