नेपाली चलचित्र बजारमा अन्तराल बाट अर्की महिला निर्देशकको आगमन


सेलीब्रेटी नेपाल माघ २५ गते-जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाई लक्ष्यविहिन र कर्मविहिन बनाउँदा मान्छे कहाँ पुग्छ भन्ने कुरालाई प्रस्ट्याउँदै तयार पारिएको अन्तराल युवावर्ग लक्षित भएको भनाइ चलचित्रका सम्बन्धित व्यक्ति हरुले राजधानीमा आयोजित एक कार्यक्रममा बतायका छन् बुधबार पत्रकार सम्मेलन गरि चलचित्र अन्तरालको  फस्टलुक अर्न्तगत पोस्टर र वेभसाईटको साथमा अडियो सिडी पनि सार्वजनिक गरियको छ । चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । नेपाली सिनेमाको निर्देशकीय पाटोमा महिलाहरुको उपस्थिती कमजोर भइरहेको समयमा दीपाले सिने नगरीमा पाइला टेकेकी हुन् ।चलचित्रमा रुबी राणा, राजकुमार पुडासैनी, कमलमणी नेपाल, नम्रता सापकोटा, अशिस्मा नकर्मी, अमितेश शाह, जेसिका बोगटी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरवीको लेखन समावेश छ । चलचित्रका गीतमा जीवन कार्की, अशोक सिवाकोटी, दीपा बस्नेत, तिर्थ दावाली भाई, अभिमन्यू र निरवीले शब्द कोरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.