‘१२ मासे’ जयकिसन र पुजनाको रोमान्स भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

जयकिसन बस्नेत र पुजना प्रधान अभिनित चलचित्र ‘१२ मासे’को गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ढिक्के फुली’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। शिव बिकको नृत्य निर्देशन रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार जयकिसन र पुजना फिचरिङ छन्। भिडियोमा जयकिसनले आफ्नो प्रेमभाव ब्यक्त गरिरहेको देख्न सकिन्छ। इन्जिनियर सागर खरेलको शब्द रहेको गीतमा कृष्ण पाण्डेको स्वर सुन्न सकिन्छ।

लय संग्रौला निर्देशित चलचित्रमा प्रदिप पाठक (नक्कली प्रचण्ड )को कथा र निर्माण रहेको छ। कमेडी जनराको चलचित्रमा जय किसन र पुजनासंगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), पुरण थापा, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ, प्रदिप पाठक (नक्कली प्रचण्ड) लगायतको अभिनय रहेको छ। जेठ ११ बाट रिलिज हुने चलचित्रमा बासु न्यौपानेको छायाँकन, अनन्त घिमिरेको सम्पादन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.